जमराको रस पिउँदा स्वास्थ्यमा पनि पुग्छ राहत - HEALTH NEWS
दसैं भन्ने बित्तिकै आउँछ जमरा । घटस्थापनाको दिन छरेर विजया दशमीको दिन देवीको प्रसादका रूपमा जमरा लगाउने परम्परा दसैं मान्ने नेपाली हिन्दू धर्मावलम्बीमा छ । अन्य राष्ट्रका हिन्दूमा यो परम्परा पाइँदैन ।े नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गर्ने जमराको महत्व स्वास्थ्यका दृष्टिकोणले पनि निकै छ ।
जमराको रस नियमित सेवन गर्दा क्यान्सर, रक्तअल्पता, चिनीगलगायत रोगमा राहत मिल्छ । जमरामा ‘पोलिफिनोल’ नामक सक्रिय तत्व पाइन्छ । जसले शरीरमा प्रोटिन बढाएर निष्कासन गर्ने ‘इन्सुलिन’ले रगतमा रहेको ग्लुकोजलाई टुक्र्याएर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहयोग गर्छ । यो प्रक्रियाबाट रगतमा चिनीको मात्रा कम गर्ने अध्ययनले पुष्टि गरेको छ । यसैगरी, जमरामा भिटामिन ए, के, सी, ईका साथै थायमिन, कोलिन, लौह तत्वसहित एमिनो एसिड पाइन्छ । त्यसैले जमरालाई आयुर्वेदले पनि रोग निरोधक मानेको छ । जमरामा ‘कोलेस्टोरेल’ नियन्त्रक तत्व पनि हुन्छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगायो । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ, कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । त्यसैले दशैंमा टीका लगाउँदा मात्र प्रयोग नगरेर अरुबेला पनि जमराको रस पिउनु उपयुक्त हुन्छ ।
SUBSCRIBE
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews